
वीरगञ्ज । वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाउने निर्णय गरेको हो ।
शनिबार बसेको बैठकले वीरगञ्जमा कोरोनाको उपचार गरिरहेका अस्पतालमा वेड अभाव रहेको भन्दै नेसनललाई कोभिड अस्पताल बनाउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ ।
त्यस्तै बैठकले लक्ष्मण नभएका तथा सामान्य लक्षण भएका संक्रमितलाई राख्न सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या उच्च रहेको छ । त्यस्तै मृतकको संख्या पनि अरु प्रदेशको भन्दा धेरै रहेको छ ।









