
धनुषा । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । क्षयरोग र निमोनियाबाट पनि पीडित रहेका उनको १८ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।









