कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, एकको रिर्पोट आउन बाँकी

काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको । मृत्यु हुनेमा सप्तरी १ र कपिलवस्तुका १ गरी दुई जना रहेका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीया एक बृद्धको गएराति मृत्यु भएको हो । त्यस्तै बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ताको पनि गएराति नै मृत्यु भएको हो ।

त्यस्तै अर्का कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको पनि गएराति सोही अस्पतालमा मृत्यु भएको छ । गुप्ताको कोरोना पुष्टि भइसकेको छ भने, तेलीको स्वाब परीक्षण गरी रिर्पोट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार