मिनिट्रक दुर्घटना अपडेट : मृतक १८ मध्ये ३ जनाको सनाखत

नुवाकोट । नुवाकोटमा भएको मिनिट्रक दुर्घटनामा मृतक १८ मध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हनुेमा दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डितको सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि १५ पुरुष र ३ महिलाको मृत्यु भएको र मृतक अन्यको सनाखत हुन बांकी रहेको इलाका प्रहरी कार्यालय समुद्रटारका इञ्चार्ज प्रहरी सहायक निरीक्षक ज्ञानलाल यादवले जानकारी दिए ।

दुर्घटनामा घाईते १७ जना मध्ये ७ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्यको घाईतेहरुको खरानीटार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहिको अवस्था नाजुक रहेकाले मृतको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।

शुक्रबार साँझ नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीस्थित घ्यावारमा ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटनामा परेको थियो ।

मिनिट्रकमा ४६ जना सवार रहेको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन् । मिनिट्रक सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट डीएसपी भीमलाल भट्टराईको प्रहरी टोली दुर्घटनास्थल पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार