संघीय संसाद डा. सूर्यनारायण यादवलाई कोरोना पुष्टि


जनकपुर । संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा.यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

६४ बर्षीय डा.यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । उनी सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

बाल रोग विशेषज्ञ डा. यादवले आफ्नो क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक बालकबाट कोरोना सरेको हुनसक्ने अुनमान गरेका छन् । ९ दिनदेखि आइसोलेसनमा बसेका उनले अहिले स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार