भदौ दोस्रो सताबाट गर्ने भनिएका त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सबै विषय र संकायका परीक्षणा स्थगित गरेको छ । यसअघि भदौ दोस्रो साताबाट गर्ने भनिएका सबै विषय र संकायका परीक्षा अनुकुल समयमा गर्ने गरी स्थगित गरिएका हुन् ।

कोरोना महामारीका कारण रोकिएका परीक्षा यसअघि त्रिविले भदौ दोस्रोसाताबाट गर्ने भनि सूचना जारी गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि सबै परीक्षा स्थगित गरिएकाे बताइएको छ ।

परीक्षा स्थगित गरिएपनि माथिल्लो तह र सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन थाल्न भने त्रिविले डिन कार्यालयहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ । पहिलो सेमेस्टर वा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको कोर्स पूरा भएर परीक्षा हुन नसकेको भए पनि दोस्रो वर्ष वा सेमेस्टरको कक्षा सञ्चालन गर्न भनिएको छ ।

घरमै बसेर वैकल्पिक कक्षाका लागि त्रिविले अध्यापक र विद्यार्थीलाई इमेल आईडी वितरण गरिरहेको छ । त्यस्तै त्रिविले परीक्षा पनि बैकल्पिक प्रक्रिया बाटै गर्ने कि भनेर पनि छलफल चालाएको बताएको छ । तर, टुंगो भने लागको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार