संक्रमित बढेसँगै नयाँ रणनीतिबारे छलफल गर्न सिसिएमसी बैठक बस्दै


काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि सरकारले नयाँ रणनीति बनाउने भएको छ । यो विषयमा छलफल गर्न कोभिड १९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ ।

बेलुका ५ बजे सिंहदरबारमा बस्न लागेको बैठकले संक्रमणको दर उच्च भएपछि अब के गर्ने भन्ने बारेमा नयाँ रणनीति बनाउने छ । नयाँ रणनीतिमा संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल र निषेधाज्ञा गर्नका लागि योजना बनाउनेबारे छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार