एकैदिन १ हजार बढी संक्रमित थपिए, संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं । एकैदिन एक हजार बढी कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत ८५ जना कोरोना जितेर घर फर्किएका मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै आज देशभर १३ हजार ८ सय ६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार