
रौतहट । रौटहटमा एक पुजारीको गो ली हानी ह त्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका- २ खेसरहियास्थित हनुमान मन्दिरका अन्दाजी ६७ वर्षीय पुजारी श्रीराम साहको गो ली हानी ह त्या गरिएको हो ।
बुधबार साँझ करिब १० बजे मन्दिर परिसरमा खाना खाइरहेका बेला अज्ञात समूहले उनकाे कन्चटमा गो ली हानेर ह त्या गरेकाे प्रहरीलाई उदृत गर्दै रौटहटबाट संचारकर्मी चञ्चल झाले अनमोलपोस्टलाई जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा प्रहरी पुगेर अनुसंन्धान गरिरहेको छ । पुजारीको श वलाई अहिले पो ष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
पुजारीलाई गो ली हान्ने व्यक्तिको पहिचान नभएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सञ्चारकर्मी झाका अनुसार पुजारी साहले आफैले हनुमान मन्दिर निर्माण गरेका थिए ।










