
सिराहा । सिराहामा कुट पिटबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको अर्नामा गाउँपालिकामा ५ बेलदरीकी ५४ वर्षीया सीतादेवी राउत रहेकी छन् ।
उनको गाउँमै सडक ढलानका समानहरु र नगद बाँडफाँडको विषयमा विवाद हुँदा केही व्यक्तिले कुट पिट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
कुट पिटबाट स्थानीय विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमर राउत समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको जनाइएको छ ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा स्थानीय बालदेव साह, कमलेश राउत, लीलादेवी राउत र सुलेखादेवी राउत रहेका छन् ।










