काठमाडौं र ललितपुरमा ३ सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । काठमाडौंका, ललितपुर चितवन र बुटवलमा थप ५ जनाको मृत्यु भएको    हो ।

काठमाडौंको शसस्त्र प्रहरी अस्पतालमा ७६ वर्षका वृद्ध, ललितपुरको पाटन अस्पतालमा सर्लाही मलंगवाका ४६ वर्षका पुरुष र दोलखाकी ३० वर्षकी महिलाको आइसीयूमा मृत्यु भएको छ ।

त्यसैगरी बुटवलमा ६४ बर्षीया र चितवनमा ६५ वर्षीया बृद्ध गरी थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले भने पृष्टि गर्न बाकीं रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार