
सर्लाही । सत्तारुढ नेकपाका दुईजना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको छ । सर्लाही निवासी नेकपाका केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना पुष्टि भएको हो ।
दुबैजनाको अवस्था सामान्य रहेको र कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ । उनिहरु दुबैजना होम आइसोलेसनमा बसेका छन् ।
केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते कोरोना परीक्षण गर्दा ३२ गते उनको पोजेटिभ रिपोर्ट आएको थियो भने वाग्लेको साउन १ गते परीक्षण गर्दा साउन ४ गते पोजेटिभ रिपोर्ट आएको हो ।










