
काठमाडौं । नायक पल शाह कोरोना महाकारीकाबीच पनि निरन्तर सामाजिक सेवामा लागिरहेका छन् । कोरोनाका कारण ठप्प रहेको चलचिलका कारण पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त पल शाह सामाजिक काममा पनि त्यतिकै व्यस्त छन् ।
लकडाउनका बेला चलचित्रका प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले अरु बेला पनि सामाजिक काम गर्दै आइरहेका छन् ।
यतिबेला भने पल आफ्ना साथीहरुसँगै कालिकोट पुगेका छन् । कालिकोटमा बाढी पहिराेमा परी ज्यान गुमाएका र विस्तापित भएका परिवारलाई सहयोग सामाग्री बोकेर उनी कालिकोट पुगेका हुन् ।
पलले पीडित परिवारका लागि खाद्यान्न, लत्ता कपडा लगेका छन् । पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गरिने उनले बताएका छन् ।










