
काठमाडौं । काठमाडौं उपत्यकामा ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार काठमाडौं र भक्तपुरका ३६ जनामा प्रहरीमा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंको निलबाराही गणका १६ र भक्तपुरको दुवाकोट गणका २० जना रहेका छन् । संक्रमितहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।













