
चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका ७५ वषीय एक वृद्ध रहेका छन् ।
निमोनियाका बिरामी उनी भदौ तीन गते भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । उनको गएको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।
मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ ।










