
जनकपुर । महोत्तरीको एक एकल महिलामाथि निर्घात कु टपिट भएको छ । जिल्लाको सम्सी गाउँपालिका ७ की ४५ वर्षीया एकल महिलालाई स्थानीय दिनेश यादवले आफ्नो छोरालाई जा दु र टुना – मुना गरी बिरामी पारिदिएको भन्दै निर्घात कु टपिट गरेका हुन् ।
यादवको परिवारले शुक्रबार राति करिब ८ बजे तीर घरमै गएर बोक्सी भन्दै कु टपिट गरेको घटना सार्वजनिक भएको छ । यादवको कु टपिटबाट गम्भिर घाइते भएकी उनको अहिले जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।
यादवसहित उनका घरका अरु पनि सदस्य आएर महिलालाई कु टपिट गरेको प्रहरीले जनाएको छ । घटना भएपछि ती महिलाकी छोरीले प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरीले भने पीडितको तर्फबाट जाहेरी नआएका कारण थप अनुसन्धान हुन नसकेको बताएको छ । उता वडा अध्यक्षले पनि बो क्सी आरोप नभएर पारिवारीक विवादका कारण घटना भएको बताएका छन् ।










