आजबाट थप एक साताका लागि लम्बियो निषेधाज्ञा


रौतहट । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा रौतहटमा आजबाट थप एक साताका लागि लम्बाइएको छ । भदौ १ गतेबाट थप गरिएको निषेधाज्ञा आजबाट जिल्ला भरी नै लागुहुनेगरी भदौ १४ गते राति १२ बजेसम्मका लागि लम्बाइएको छ ।

कोरोना संक्रमितको संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा भदौ १४ गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।

बैठकले निषेधाज्ञाको अवधिमा नागरिकहरुलाई अत्यावश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपुर्तिलाई सहज बनाउन खद्यान्न पसलहरु र निर्माण सामग्रीका पसलहरु प्रत्येक दिन विहान ७ः०० बजेदेखि विहान ११ः०० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । पसल सञ्चालक र ग्राहकहरुले स्वास्थ्यका शर्तहरुको पूर्ण परिपालना गर्नु पर्ने छ ।

त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाहरु प्रत्येक दिन विहान ७ बजे देखि ११ बजेसम्म र भौतिक निर्माणका कार्यहरु नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्ने, निर्माण सामग्री ढुवानी तथा खद्यान्न सामग्री ढुवानीको सवारी साधनहरुलाई नेपाल सरकारद्वारा जारी सवै स्वास्थ्य स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरि गराई संचालन गर्ने, बैंक तथा वित्तिय संस्थाहरुको सेवा लिन तथा खाद्यान्न सामग्रीहरु खरिद गर्ने जाँदा आउँदा उपभोक्ताले सवारी साधन प्रयोग गर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार