
वीरगन्ज । बारा र पर्साका १ सय ५६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३ सय २० जनामा गरिएको परीक्षणमा १ सय ५६ जनालाई को रोना पुष्टि भएको हो ।
जसमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी सबै पर्साका रहेका छन् । प्रयोशाला स्रोतका अनुसार ३४ महिलासहित १ सय ५६ जनामा को रोना पुष्टि भएको हो ।
नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक, वीरगन्जको एक एफएममा कार्यरत ५ जना सञ्चारकर्मी, जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ र नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा सं क्रमण पुष्टि भएको छ ।










