
चितवन । नारायणगढ – मुग्लिन सडक खण्ड फेरि अबरुद्ध भएको छ । आज बिहान सुख्खा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै रोकिएका प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउने काम सकिएपछि मात्रै सडक खण्ड खुल्लने बताइएको छ ।











