हिरासतमा राखिएका चामारको मृत्युबारे मानवअधिकार आयोगद्धारा अनुसन्धान सुरु


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हिरासतमा मृत्यु भएका विजयराम चमारको मृत्युबारे अनुसन्धान सुरु गरेको छ । रौतहटमा हिरासतमा राखिएका उनको प्रहरीको यातानाबाट मृत्यु भएको कुरा बाहिर आइरहेका बेला प्रदेश २ को आयोग कार्यालयले छानविन सुरु गरेको हो ।

आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगञ्जलाई पत्राचार गरिसकेको छ ।

विजयराम चमार रौतहटको गरुडा नगरपालिका– ८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका थिए । हिरासतभित्रै बिरामी परेका उनको उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

मृतक चमारका परिवार र आफन्तले प्रहरीको कु टपिटबाट उनको मृ त्यु भएको भदै वि रोध गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार