उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा


काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि उनीहरु आइसोलेसनमा बसेका हुन् ।

संक्रमित व्यक्ति सिसिएमसीको कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने कर्मचारी हुन् । उनीहरु आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार