बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विकको प्यानलै विजयी

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट अध्यक्ष उम्मेदवार धन बहादुर विकको प्यानल नै विजयी भएको छ । विकले २ हजार २८५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमै माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिदा उनले २ हजार ९० मत मात्रै पाएका छन् । उनि २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वचित पनि हुन्।

मतपरिणामअनुसार गाउँपालिका उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमबहादुर रोका विजयी भएका छन् । उनले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । गाउँपालिकाको ५ वटै वडाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।

जसमा वडा नम्बर-१ को अध्यक्षमा यमबहादुर श्रीष, २ को अध्यक्षमा भद्र घर्ती, ३ को अध्यक्षमा कर्णबहादुर भण्डारी, ४ को अध्यक्षमा जितबहादुर खत्री र ५ नम्बर अध्यक्षमा मनबहादुर खत्री विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार