नेपालसहित बिश्वभर भव्यरुपले मनाइयो क्रिसमस डे, बिदा हटाइएकोप्रती गुनासो

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं ।  विश्वका इसाई धर्मालम्बीहरुले डिसेम्बर २५ तारिक अर्थात आजकै दिन धुमधामसंग क्रिसमस डे मनाएका छन ।
इसाई धर्मका प्रवर्तक यशु ख्रिष्टको जन्मदिनको सम्झनामा हरेक बर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस डे बिश्वभर भव्यरुपले मनाइन्छ ।

नेपालमा पनि क्रिसमस डे बर्षौदेखि मनाइदै आएको छ । यसबर्ष पनि राजधानी काडमाडौं लगायत अन्य सात वटै प्रदेशका बिभिन्न ठाँउहरुमा भव्य रुपले क्रिसमस डे मनाइएको नेपाल ख्रिष्टियन महासंघले जनाएको छ ।

क्रिसमस डे को दिन इसाई धर्मालम्बीहरुले चर्च तथा मण्डलीहरुमा एकसाथ भेला भई प्रार्थना गर्नुका साथै शुभकामना आदानप्रदान गरेका छन । क्रिसमस डे को अवसरमा एकअर्कालाई शुभकामना तथा उपहार दिने चलन रहेको ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए ।

क्रिसमसमा मनाउदा नेपालका चर्चहरुमा नेपाली विभिन्न भेषभुषा, जाति सुमदायको रहनसहन झल्किने गरि नेपाली मौलिकतामा आफ्नै लोक संगीतमा गीत, भजन र नृत्य गरेर क्रिसमस मनाएको देखिन्छ । जसले गर्दा नेपाली इसाईहरुमा अझ धेरै देशप्रेम र राष्ट्रभक्ती प्रष्ट देखिन्छ ।

क्रिसमस बिदा हटाइएकोबारे गुनासो
क्रिसमस डे मा सरकारले दिंदै आएको सार्बजनिक बिदा हटाएकोप्रती इसाई समुदायले गुनासो गरेका छन । इसाईहरुको महान पर्ब क्रिसमस डे मा बिदा हटाएर राज्यले इसाई समुदायप्रती अपमान र अन्याय गरेको उनिहरुको आरोप छ ।

बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतीक देश नेपालमा सबैले आफ्नो धर्मसंस्कार मान्न पाउनु पर्ने सवैधानिक अधिकार कुन्ठित गर्न खोजेको इसाई अगुवाहरुको भनाइ छ ।

ख्रिष्टियन महासंघ लगायत अन्य इसाई संघसस्थाहरुले क्रिसमसमा दिइदै आएको सार्बजनिक बिदा नहटाउन पटक पटक सरकारसामु आग्रह गर्दा समेत बेवास्ता गरिएको महासंघका अध्यक्ष गहतराजको भनाई छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

क्रिसमस डे को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले क्रिसमसको अवसरमा देश विदेशमा रहेका इसाई धर्मालम्बीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना दिएकी छन ।

बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु सबैको साझा दायित्व हो राष्ट्रपतीद्धारा जारि सन्देशमा भनिएको छ, “इसाई धर्मावलम्बीहरुको यस पर्वले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नहत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु । ”

त्यस्तै एक सन्देश जारि गर्दै प्रधानमन्त्री ओलीले इसाई धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको शुभकामना गर्दै वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार