रविलाई गृह जिल्ला कंचनपुरमा ५१ हजार सहयोगसहित भव्य स्वागत र नागरिक अभिनन्दन

 

कंचनपुर । नेपाल आइडल विजेता रवि ओडलाई गृह जिल्ला कंचनपुरमा भव्य स्वागतसहित नागरिक अभिनन्दन गरिएको छ । सोमबारदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका रविलाई मंगलबार दिउंसो कंचनपुरवासीले भव्य स्वागतसहित बधाई दिएका हुन ।

मंगलबार बिहान गुलरियास्थित आफ्नो घरमा पुगेर परिवारजन र स्थानियसंग भेटघाट गरेका रविलाई झलारी बजारमा दिउसो स्थानियहरुले भव्य स्वागत गर्दै बधाई दिएका थिए ।

पुर्बपश्चिम राजमार्ग हुदैं विजय र्यालीसहित अपराह्न्न कंचनपुरको भिमदत्तनगर पुगेका उनलाई भीमदत्त नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि नागरिक अभिनन्दन गरेको थियो।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्दले रविलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरेका थिए । नगरपालीकाले रविलाई रु. ५१ हजार सहयोग प्रदान गर्ने समेत घोषणा गरेको छ । कंचनपुरका विभिन्न ठाँउमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा सहभागी हुंदै रविले आफुलाई साथ सहयोग गर्ने सम्पुर्ण सुदूरपश्चिमवासीहरुलाई धन्यवादसहित आगामी दिनहरुमा अझै साथ र सहयोगको आग्रह गरेका थिए ।

बुधबार काठमाडौं फर्किदै
आफ्नो तीन दिने सुदूरपश्चिम भ्रमण सकेर रवि ओड बुधबार साँझ काठमाडौं फर्किदैछन । बुधबार बिहान कैलालीको अत्तरिया लगायतका विभिन्न ठाँउमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा सरक भई साँझ धनगढीबाट विमानमार्फत काठमाडौं फर्किनेछन । त्यस लगत्तै नेपाल आइडलको विदेश भ्रमण कार्यक्रम अन्र्तगत रवि जापान जानेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार