
रौतहट । तराईमा दलित समुदायमाथि पटक पटक हत्याका घटना भइरहेका छन् । केहि दिनअघिमात्रै हिरासतमा प्रहरीको कुटपिटबाट विजय रामको मृत्यु भएको घटना सेलान नपाउँदै रौतहमा फेरि दलित महिलाको हत्या गरिएको छ ।
जिल्लाको गढिमाई नगरपालिका ३ की ३५ वर्षीया देवी बैठाको कुटपिट गरी हत्या गरिएको दलित अधिकारकर्मीले बताएका छन् । आइतबार बिहान ११ बजेतिर घाँस लिन घरबाट निस्केकी देवीको उखु बारीमा हत्यागरी फालिएको अवस्थामा शव भेटिएको छ ।
शव देखेपछि स्थानियले गाउँले र प्रहरीलाई खबर गरेका थिए । उनको कुटपिट गरी घाँटीमा सलले बेरेर हत्या गरिको बताइको छ ।
तर स्थानिय दलित अधिकारकर्मीले भने उनको बलात्कार गरी हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । यो विषयमा छानविन गर्न उनीहरुले माग गरेका छन् ।










