रौतहटका पुजारी हत्या आरोपमा २ जना पक्राउ,वडाध्यक्षसहित ४ जना अझै फरार

काठमाडौं । रौतहटमा पुजारी हत्याको आरोपमा १२ दिनपछि दुईजनालाई पक्राउ गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आरोपमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरिएको हो ।

भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पुजारी हत्यापश्चात देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार रहेका छन् ।

हाल पक्राउ परेको दुवै जनाले भने अभियोग नस्वीकारेको प्रहरीको भनाई छ ।प्रारम्भिक अनुसन्धानमा पुजारी शाहको हत्यामा कुनैपनि धार्मिक कारण नदेखिएको प्रहरीले बताएको छ । गत भदौ ३ गते राती करिब १० बजेतीर खाना खान बसेका बेला पुजारी साहमाथि अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार