राहत बाेकेर बाढी प्रभावित क्षेत्र बागलुङ पुगे गृह मन्त्री थापा


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राहत सामाग्री लगेर बाढी प्रभावित क्षेत्र बागलुङ पुगेका छन् । बुधबार राति आएको बाढीले प्रभावित भएको जिल्लाको ढोरपाटन नगरपालिका ७, ८ र ९ मा पुगेका हुन् ।

उनले बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत समेत वितरण गर्नुका साथै घर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका छन् । टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन् ।

यसअघि बिहीबार नै बाढी प्रभावित क्षेत्र गएका उनी मौसमका कारण आदिबाटो बाटै फर्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार