अहिले नै बच्चाको योजना छैन : प्रियंका कार्की


काठमाडौं । नायिका प्रियंका कार्कीले अहिले नै आफुहरुले बच्चाको बारेमा योजना नबनाएको बताएकी छन् । केही समय अघि प्रियंका आमा बन्दै भन्ने हल्ला बाहिर आएपछि उनले आमा बन्ने योजना नभएको बताएकी हुन् ।

गत बर्षको फागुनमा बिहे गरेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी  लकडाउनमै छन् । उनीहरु नयाँ घरमा विभिन्न खानाका परिकार बनाउन सिकाइरहेका छन् ।

कतिले पछिल्लो समय प्रियंकाको बारेमा नराम्रो हल्ला फैलाएका थिए तर, त्यसले उनलाई कुनै फरक पर्दैन । बेला बेला सामाजिक सञ्जाल मार्फत नै जवाफ दिइरेका उनीहरुले बच्चाको बारेमा पनि आफ्ना फ्यानलाई जानकारी गराएका छन् ।

उनले आफू गर्भवती नभएको र बच्चाको बारेमा योजना नबनाएकाले आफूहरुले योजना बनाएपछि जानकारी दिने समेत बताएकी छन् । श्रीमनसँगै रमाई रहेकी प्रियंकालाई बजारमा चल्ने हल्लाले खासै फरक पर्दैन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार