जबरजस्ती करणी गरेको आरोपमा प्रहरी नै पक्राउ


काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । २१ बर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा दार्चुला घर भएका महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंहलाई पक्राउ गरिएको हो ।

युवतीले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको गौशालाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० जितेन्द्र बस्नेतले बताए ।

पीडित भनिएकी युवतीका अनुसार प्रहरी जवान सिंहले आइतबार वनकालीस्थित घरमै गएर युवतीलाई बलात्कार गरेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार प्रहरी जवान सिंह र युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार