
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका ६२ वर्षीय एक पत्रकार रहेका छन् ।
सोमबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको बताइएको छ । उनी लामो समयदेखि कपिलवस्तुमा पत्रकारितामा आवद्ध रहेका थिए ।
यसअघि कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको पनि मृत्यु भएको थियो ।












