
काठमाडौं । धनुषा र बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ४ मुरली चोकका ६० वर्षीया पुरुष र रुपन्देहीको देवदह नगरपालिका ६ का ६० वर्षीया पुरुष रहेका छन् ।
उनीहरु दुबै जनाको कोरोना संक्रमणपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।










