चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु


चितवन । चितनवमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ । जिल्लाको  कालिका नगरपालिका ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो।

गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार