
जनकपुर । सामाजिक सञ्जालमा फोटो पोष्ट गरेको भन्दै जनकपुरमा दुई पक्षबीच झडप भएको छ । मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसमा आएको टिकाटिप्पणीका कारण दुई पक्षबीच झडप भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा भएको उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले आधा दर्जनभन्दा बढ़ी राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
आज बिहान भएको विवाद अहिले सामान्य भइसकेको प्रहरीले जनाएको छ ।











