कालोबजारी गर्दै चर्को मूल्यमा प्याज बेच्ने व्यापारी पक्राउ, गोदाममा भेटियो २४० बोरा प्याज


काठमाडौं । कालोबजारी गर्दै चर्को मूल्यमा प्याज विक्री गर्ने एक व्यापारी पक्राउ परेका छन् । प्रतिकिलो १ सय ३० रुपैयाँमा प्याज विक्री गर्ने एक व्यापारी  बुधबार बिहान बल्खु बजारबाट  पक्राउ  परेका हुन् ।

पक्राउ पर्नेमा व्यपारी सुनिल केसी रहेका छन् । उनलाई १ सय ३० रुपैयाँमा प्याज विक्री गर्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नियन्त्रणमा लिइएको हो । साथै टोलीले उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढेको छ । अहिले बजारमा प्रतिकिलो ७६ रुपैयाँमा किनबेच भइरहेको छ । तर, व्यापारीले भने मनलाग्दी मूल्यमा विक्री गरिरहेका छन् । कोरोना कहरमा उनीहरुले चर्को मूल्य लिदै उपभोक्ताको ढाड सेकिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार