इलाम २ मा एमालेका सुहाङ नेम्वाङको शानदार जित, रास्वपाको जमानत जफत

 

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङको शानदार जित भएको छ । उनले आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै शानदार रुपले भएका हुन् ।

सम्पन्न मत गणनाअनुसार सुहाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो भएका छन् । उनले ११ हजार ४५७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन्। लिम्बुले कूल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि उनको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

गत वर्ष भदौमा एमालेबाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम २मा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
निर्वाचनमा विजयी भएका सुहाङलाई सत्ता गठबन्धनको माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले सर्मथन गरेको थियो ।
यस्तै बझाङमा भएको उपनिर्वाचनमा पनि एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । उनले ११ हजार ६१३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिपस्र्धी काँग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत पाएका छन् । माओवादी केन्द्रका जनक बहादुर बुढाले ३ हजार ८३१ मत पाएर तेस्रो भए ।

बझाङको अघिल्लो निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । मन्त्रीसमेत बनेका पृथ्वीबहादुरको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा बैसाख १५गते उपनिर्वाचन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार