लिङ्गमा मासु पलाएको त छैन ? यो पढ्नुस

म २७ वर्षीय युवक हुँ । मेरो विवाह भएको दुई वर्ष भयो । सात–आठ महिनाअघि रेस्टुराँमा काम गर्ने एउटी युवतीसित यौनसम्पर्क भएको थियो । त्यतिबेला कन्डम प्रयोग गरेको थिइन । अहिले आएर दुई महिनादेखि मेरो लिङ्गमा मासु पलाएको छ, तर त्यसलाई छालाले छोपेको छ, बाहिरबाट देखिँदैन । यसलालाई ठीक गर्न मैले के गर्नुपर्ला ? यसले पछि ठूलै असर त गर्ने होइन ?

-विवाहित हुँदाहुँदै पनि किन यसरी अर्को व्यक्तिसँग सम्बन्ध राख्नुभएको हो भन्ने कुरा प्रश्नमा त्यति स्पष्ट छैन । अर्को व्यक्तिसँग प्रेममय सम्बन्ध छ जस्तो नलागे पनि तपाईंको समस्याको राम्रोसँग विश्लेषण गर्दा यी कुरामा समेत विचार गर्नुपर्ने हुन्छ ।

रेस्टुराँमा काम गर्ने युवती भनेर के भन्नु भएको थाहा भएन । अन्य कार्यालय वा बैंकमा जस्तै रेस्टुराँमा पनि महिलाहरूले काम गर्नुहुन्छ । रेस्टुराँमा काम गर्ने सबै महिला यौनकर्मी हुन् भन्ने तपाईंको सोच हो भने त्यो सरासर गलत हो, यौनकर्मी जहाँ पनि हुने सम्भावना हुन्छ । सम्भवतः तपाईले त्यसैलार्ईर् संकेत गर्न खोज्नुभएको हुनुपर्छ । यौन पेसामा लागेका महिलामा यौन रोग नहुन सक्छ, तर उहाँमा यौन रोग छ भने असुरक्षित यौनसम्पर्क गर्दा सर्न सक्छ । तपाईंले कन्डम लगाउनुभएको भए पक्कै कुनै यौन रोग भए त्यो सर्ने सम्भावना कम हुन्थ्यो ।

मासु बढ्नुको के कारण हुन सक्ला ? 

लिङ्गमा गिर्खा वा मासुजस्तो आउने धेरै कारण हुन सक्छन् । त्यसमध्ये धेरैजसो हानि कारक हुँदैनन् र त्यसमा उपचारको आवश्यकता पर्दैन भने अरूको सही निदान र उपचारको आवश्यकता पर्छ ।

तपार्इंले मासु पलाएको कुराबाहेक थप केही कुरा गर्नुभएको छैन । पलाएको मासुको आकार, स्वरुष, रङ्ग, सतह कस्तो छ, दुख्छ कि दुख्दैन जस्ता कुराका बारेमा जानकारी दिनुभएको भए समस्या पहिचान गर्न सजिलो हुने थियो । यद्यपि लिङ्गमा मासु वा गिर्खा जस्तो आउने कारण के–के हुन सक्छन् कुरा गरौं ।

Pearly penile papules : मासु रंगका स–साना गिर्खा लिङ्ग मुन्डको घेरामा आउँछ । यो सामान्य कुरा हो । यसको उपचारको आवश्यकता पर्दैन ।

ordyce spots : यो पहेंलो वा सेतो रंगको दाग जस्तो कुरा हो । यो लिङ्ग मूण्ड वा शरीर -shaft_मा आउन सक्छ । यी रौं नभएका sebaceous glans हुन् । यस्ता दाग सामान्यतः हानिरहित हुन्छन् र यसमा उपचारको आवश्यकता फर्दैन ।

Lymphocele : यौन सम्पर्क वा हस्तमैथुनपछि लिङ्गको कजबात मा अकस्मात कडा किसिमको सुन्निएको भाग देखिन्छ । यो लसिका नलीमा क्षणिक वाधा भएकाले आउँछ । यो केही समय पछि आफै कम भएर जाने हुनाले कुनै दीर्घकालिन असर पर्दैन ।

Lichen planus : यो नसर्ने रोग हो । यसमा लिङ्गसहित शरीरमा चिलाउने राता

गिर्खा आउँछ ।

जनेन्द्रियको मुसा : साना मासु पलाएको वा गिर्खा जस्तो कुरा कजबात वा कहिलेकाहीं लिङ्ग मूण्ड वा अग्रचर्मको भित्र तिर पनि आउन सक्छ । यो यौन रोग हो ।

घाउ : स्पष्ट रूपमा मासु पलाउने भन्दा पनि दुख्ने किसिमको पानी फोका हर्पिसमा आउँछ भने सिफिलिसमा नदुख्ने किसिमको घाउ आउँछ ।

Peyronie’s disease : यो विरलै हुने रोग हो । यसमा लिङ्गको कजबात को कुनै भाग कडा वा गिर्खा (उबित्रगभ) । केही परिस्थितिमा यसले लिङ्गलार्ईर् नै बाङ्गो बनाऊन सक्छ ।

Molluscum contagiosum : यो विषाणुको संक्रमण हो । स–साना कडा अलिकति उठेको विमिरा जस्तो समूह आउँछ । यो लिङ्गका साथै काछमा पनि आउन सक्छ ।

लिङ्गको क्यान्सर : विरलै हुने भए पनि यसले घाऊ वा गिर्खा आउने गराउन सक्छ र यो विशेष गरेर

लिङ्गको मुन्डमा आउँछ ।

सीमित जानकारीका आधारमा कुरा गर्दा तपाईंमा जनेन्द्रियको मुसा हुने सम्भावना बढी भएकाले त्यसका बारेमा थप कुरा राख्न चाहन्छु । यसलाई अंग्रेजीमा genital wards भनिन्छ र यो प्रत्यक्ष सम्फर्कवाट सर्छ । Human papilloma virus यसको कारक विषाणु हो । यसको संक्रमण भए पनि यो लक्षण रहित अवस्थामा हुन सक्छ । यो प्रत्यक्ष मूसा नदेखिएको स्थितिमा पनि सर्न सक्छ ।

विषाणुको संक्रमण भएकाले यसलार्ईर् निर्मूल पार्ने उपचार छैन तर उपलब्ध उपचार मुसा हटाउनु नै हो । कतिपय स्थितिमा यो आफैं सानो भएर वा हराएर जान सक्छ । शल्यक्रिया, विद्युत्ले काट्ने वा लेजरको प्रयोग वा केही औषधीयुक्त मल्हमको प्रयोगबाट पनि मुसा हटाउन गरिन्छ ।

अन्त्यमा के सल्लाह दिन चाहन्छु भने एकपटक चर्मरोग विशेषज्ञसँग परीक्षण गराई उपचार गराउनुहोला । हुन त तपाईंले पछि कस्तो असर पर्ला भन्ने सन्दर्भमा एक हद सम्म अनुमान लगाइसक्नुभयो नै होला, तर रोगको पक्का निदान भएपछि नै दीर्घकालिन असरका बारेमा कुरा गर्नु उपयुक्त हुन्छ । –साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार