संक्रमितको शव २० घण्टा पुग्नै लाग्दा पनि उठेन, भयो नाराबाजी


सप्तरी । सप्तरीमा एक कोरोना संक्रमितको शव २० घण्टा पुग्नै लाग्दा पनि उठ्न सकेको छैन । हिजो साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी एक कोरोना संक्रमित महिलाको शव उठ्न नसकेको हो ।

जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ मृत्यु भएको थियो ।

मृत्युपछि उनको शव आइसोलेसनको खुल्ला प्राङ्गणमा राखिएको छ । खुल्ला ठाउँमा राखिएका कारण रातभरको अविरल वर्षाले शव भिजेको बताइएको छ ।

गत असोज २ गते श्वास प्रश्वासमा समस्या भएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपछि पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार दिउँसो पोजेटिभ आएपछि उनलाई आइसोलेसन केन्द्रमा पठाइए पनि त्यसको केही समयपछि उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।

संकमितको शव शव तत्कालै व्यवस्थापन गर्नुपर्ने भएपनि अहिलेसम्म ब्यवस्थापन गर्न सकिएको छैन् ।

शव खाना खानो ठाउँ नजिकै राखिएका कारण आइसोलेसनमा भर्ना भएका अधिकांश कोरोना संक्रमितले खाना समेत नखाएको बताएक छन् । खाना खाने स्थल नजिकै संक्रमितको शव राखएिपछि आइसोलेसन केन्द्रमा रहेका संक्रमितहरुले नाराबाजी गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले स्थानीय पालिका प्रमुखले ध्यान नदिएका कारण शव व्यवस्थापनमा ढिलो भएको स्वीकारेका छन्। उनकाअनुसार केही बेरमै शव व्यवस्थापन गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार