
सप्तरी । कोरोना संक्रमित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
हिजो कोरोना पुष्टि भएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
तर मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरीलले बताए ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा समेत रहेका उनलाई कोभिड अस्पतालमा भेन्टिलेटरको अभाव रहेकोले पनि काठमाडौं पठाइएको हो । उनलाई काठमाडौंस्थित हेम्स अस्पतालमा रिफर गरिएको डा. चौधरीले बताए।












