बाढीले जिप बगाउँदा विद्युत प्राधिकरणका १ को मृत्यु, २ जना बेपत्ता

कपिलवस्तु । कपिलवस्तुमा बाढीले जिप बगाउँदा नेपाल विद्युत प्राधिकरणका एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।
जिल्लाको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले प्राधिकरणको बा १ ञ १०८९ नम्बरको जिप बगाउँदा त्यसमा सवार एकजनाको मृत्यु भएको हो भने अन्य २ जना बेपत्ता भएका हुन ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक ३५ वर्षीय माधवप्रसाद पाण्डे रहेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौड्यालले बताए ।

उनका अनुसार वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र अर्का स्थानीय केशव भाटक्षेत्री रहेका छन् । वाणगंगा नगरपालिका वडा नं। ९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले प्राधिकरणका कर्मचारीसहित ६ जना उक्त पजेरो जीप बाढीले बगाएको हो ।

विद्युतका कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी जीपबाट हाम फाली पौडी खेलेर बाच्न सफल भएको प्रजिअ पौड्यालले बताए । बेपत्त्ताहरुको सुरक्षाकर्मीले खोजी कार्य जारी राखेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार