कांग्रेस महामन्त्री डा. कोइरालाले कोरोना जिते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना जितेका छन् ।

बिहीबार गरिएको परिक्षणमा उनको कोरोना रिर्पोट नेगेटिभ आएपछि उनले कोरोना जितेको हुन् । आफ्नो रिर्पोट नेगेटिभ आएकोबारे सामाजिकसंजालमार्फत जानकारी दिदैं नेता काइरालाले आफ्नो स्वास्थ्यबारे चासो चिन्ता, शुभेच्छा, शुभकामना दिने शुभेच्छुक र उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद ब्यक्त गरेका छन् ।

गत भदौं २३ गते कोरोना पुष्टि भएपछि घरमा नै होम आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएका थिए । उनी गत शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए।

चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने र त्यसपछि नियमित काममा फर्केने समेत उनले बताएका छन् ।

मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा…

Publiée par Dr Shashank Koirala sur Jeudi 24 septembre 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार