काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जनामा कोरोनाल पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ९७ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













