
काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताए ।
संक्रमणपछि मेयर महर्जन बखुन्डोलस्थित आफ्नै घरको आइसोलेसनमा बसेका छन् । यसअघि काठमाडौंका मेयर बिद्यासुन्दर शाक्यलाई संक्रमण भएको थियो । उनले केहि दिनअघि कोरोना जिति सकेका छन् ।










