काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ५ सहित थप ११ जनाको मृत्यु भएको छ । ४ महिला र ७ पुरुष गरी थप ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ६७, भक्तपुरका ६१, ५१ वर्षीया महिला, ललितपुरका ३२ र ७० वर्षीया पुरुष, मोरङका २७, मकवानपुरका ६८, रुपन्देहीका ६०, बाँकेका ५२ र ५९ वर्षीया पुरुष र सुर्खेतका ७५ वर्षीया महिला रहेकी छन् ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या देशभर ५ सय २० पुगेको छ ।