चुनावको मुखमै ट्रम्पलाई कोरोना, अस्पताल भर्ना गरियो


अमेरिका । अमेरिकामा राष्ट्रपतीय चुनाव आउन एक महिना बाँकी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । उनलाई उपचारका लागि अस्पताल भर्ना भएका छन्।

ट्रम्पलाई अमेरिकाको प्रसिद्ध अस्पताल वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गर्दै जानकारी दिएको हो ।

७४ वर्षीय ट्रम्पलाई संक्रमणले च्याप्नसक्ने स्वास्थ्यकर्मीहरुको अनुमान छ । तर, उनले अस्पताल जाँदै गर्दा आफ्नो स्वास्थ्य ठिक रहेको बताएका थिए । उनलाई सामान्य ज्वरो आएको बताइएको छ ।
स्वास्थ्यमा ठुलो समस्या आएको नभए पनि उमेरका कारण सावधानीका लागि अस्पताल भर्ना गरिएको ह्वाइट हाउसले जनाएको छ ।

अस्पताल जाँदै गर्दा ट्रम्पले आफू र आफ्नी श्रीमतीको स्वास्थ्यप्रति चिन्ता र छिट्टै निको होस भनि दिइएको शुभकामना उच्च सम्मान गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड-१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो।

चुनाव आउन एक महिना मात्रै बाँकी रहेका बेला कोरोना पुष्टि भएपछि यसले उनको चुनावी अभियानलाई भने पक्कै प्रभाव पार्ने देखिन्छ । चुनाव नजिकै गर्दा ट्रम्प विभिन्न ठाउँमा गएर चुनावी माहोल बनाइरहेका थिए ।

आफ्ना शुभेच्छुक, सर्मथक र अमेरिकी जनतासंग आगामी चुनावबारे आफ्ना बिचार, योजनाहरु बाँडिरहेका बेला संक्रमणको शिकार बन्न पुगेका हुन् ।

अहिलेसम्मको अपडेटअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ७५ लाख बढी रहेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख बढी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार