कलाकार हरिवंश आर्चाय दम्पतीलाई कोरोना पुष्टि

काठमाडौं । कलाकार हरिवंश आर्चाय दम्पतीलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि कोरोना जाँच गराउँदा आफु र श्रीमतीमा कोरोना पुष्टि भएको कलाकार आर्चायले जनाएका छन् ।

उनले मंगलबार आफुहरुलाई कोरोना पुष्टि भएको सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । “सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ,” उनले सामाजिकसंजालमा लेखेका छन् ।

साथै कलाकार आर्चायले हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा कोरोना परीक्षण गराउन गराउन समेत आग्रह गरेका छन् ।

अहिले आफुहरु दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार