
काठमाडौं । कोरोना संक्रमणबाट विभिन्न ठाउँमा थप तीन जनाको मृत्यु भएको छ । बिराटनगर, धरान र रुपन्देहीमा थप तीन जनाको मृत्यु भएको हो ।
बुटवल उपमहानगरपालिका ६ का ४७ वर्षीय पुरुषको रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको थियो ।
त्यस्तै कोरोना संक्रमणपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका ५ का ८२ वर्षीय वृद्धको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान १० घर भएका ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।











