कर्णालीका मुख्यमन्त्रीविरुद्ध सत्तापक्षकै सांसदद्धारा अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

शाहीले जन अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै उनलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जना सांसदहरुले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

कर्णाली प्रदेशसभामा रहेका ४० सदस्यमध्ये नेकपाका ३३ सदस्य छन् । संविधानको धारा १८८ अनुसार मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा एक चौथाइ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने ब्यवस्था छ ।

अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।
आफ्नै पार्टीका सांसदहरुबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाही अपठ्यारोमा परेका छन् । यो बिषयले सत्तारुढ नेकपाभित्र किचलो उत्पन्न हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार