काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार १०७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना रहेका छन् ।