काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटअनुसार संक्रमितमध्ये महिला ६ सय २९ र पुरुष ९ सय ६ रहेकाछन् ।
संक्रमितमध्ये काठमाडौंमा मात्रै १ हजार २ सय २५ जना छन् भने भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जनामा कोरोना पुष्टि भएको छ ।