काठमाडौँ उपत्यकामा थप २५२ जनामा कोरोना पुष्टि


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमा ९७ महिला र १ सय ५५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २ सय २५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दसैंका कारण कम परीक्षण भएकाले संक्रमितको संख्या कम आएको हो ।

पछिल्लो २४ घण्टामा देशभर जम्मा २ हजार ७ सय २५ जनाको मात्रै पीसीआर परीक्षण गरिएकोमा जम्मा ५७० जनामा कोरोना संक्रमण पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार